समाज

सप्तरीको तिलाठी कोइलाडी-४ मा चिसोले कठ्यांग्रिएर एक जना पुरुषको मृत्यु

राजविराज, २२ पुष । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा शुक्रबार चिसोले कठ्यांग्रिएर एक जना पुरुषको मृत्यु भएको छ ।
बिगत केही दिन यता मधेशका जिल्लाहरुमा बढेको अत्यधिक चिसोको कारणले तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय राजु भनिने देवु सदाको कठयांग्रिएर मृत्यु भएको हो ।
कोइलाडी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखियाका अनुसार मृतक सदा परिवारलाई खान लगाउन समेत समस्या भएकोले उनको कठयांग्रिएर मृत्यु भएको छ ।
बिगत केही दिन यता सप्तरीसहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाको जनजीवन निकै कष्टकर बन्दै गरेको छ।
चिसो बढेपछि जिल्लाका अधिकांश पालिकाहरुले केही दिनको लागि सामुदायिक विद्यालयहरु समेत बन्द गरेको छ भने कतिपय पालिकाहरुले चोक तथा सार्वजनिक ठाउँमा दाउराको व्यवस्था गरि आगो बालेर ताप्ने व्यवस्था मिलाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page