सप्तरी, ४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर रामचन्द्र साह घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले मंगलबार साहलाई कार्यकक्षबाटै १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।
निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको टोलीले इञ्जिनियर साहलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो।
घुस लिइसकेको अवस्थामा पक्राउ परेका इन्जिनियर साहमाथि थप अनुसन्धान भइरहेको भण्डारीले बताउनु भएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर साह घुस रकमसहित पक्राउ














Add Comment