आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेडेवा पोखरीमा बिहीबार राती प्रदेश नं. २–०१–००२ प ५०५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय मात्रिका प्रसाद यादवको मृत्यु भएको हो ।
दुर्घटना भई बाटोको उत्तर पट्टि साईडमा मोटरसाइकल चालक यादव फेला परेको र उनलाई तत्कालै उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टम गरिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page