बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

विष्णुपुर गाउँपालिकाद्वारा २ सय ५० जना ठण्डिपिडितलाई फाईवर सिरक वितरण

राजविराज, ७ माघ । सप्तरीको विष्णुपुर गाउँपालिकाले २ सय ५० जना ठण्डिपिडित अतिविपन्न, दलित समुदायहरुलाई फाईवर सिरक वितरण गरेको छ । गाउँपालिकाको प्राङ्गणमा शनिबार आयोजित एक समारोहका विच गाउँपालिका अध्यक्ष उमेश कुमार यादवले ठण्डिपिडित परिवारलाई सिरक वितरण गर्नुभएको हो ।
सिरक वितरण गर्दै अध्यक्ष यादवले पछिल्लो समाय भएको अत्यधिक चिसोबाट बिपन्न दलित समुदायको जिवनशैली कष्टकर हुँदै गएकोले राहत स्वरुप उनीहरुलाई सिरक वितरण गरेको बताउनु भयो । चिसोबाट कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले अति गरिव दलित परिवारलाई पहिचान गरि सिरक प्रदान गरेको उहाँले बताउनु भयो ।

पहिलो चरण अन्तर्गत वडा नम्बर ४ र ७ का गरि २ सय ५० जनालाई सिरक प्रदान गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले सिरक वितरण कार्यलाई निरन्तरता दिदै सबै वडाका अतिबिपन्न दलित समुदायका ठण्डीपीडितहरुलाई सिरक वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिरक वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, कार्यक्रम अधिकृत सुवास कुमार मण्डललगायतका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page