समाज

बालिकालाई अपहरण गरी बलात्कार गरेको कसूरमा एक युवकलाई ३ वर्ष कैद सजाय

सप्तरी । १४ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसूरमा एक युवकलाई ३ वर्ष कैद सजाय तोकिएको छ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले तिरहुत गाउँपालिका–४ लोहजराका १८ वर्षीय चतुरलाल भनिने चतुरीलाल मण्डललाई बिहीबार ३ वर्ष कैद सजाय भएको हो ।
जिल्ला अदालतले मण्डललाई अपहरण गरी बलात्कार गरेको कसूर ठहर गर्दै ३ वर्ष कैदका साथै ३० हजार रूपियाँ जरिवाना तिराउने र ३० हजार पीडितलाई क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ । योसँगै मण्डलले फौजदारी कसूर पीडित राहत कोषमा १ हजार २ सय रूपियाँ जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी भरत पोखरेलले बताउनु भयो ।
मण्डलले ललाई फकाई अपहरण गरी कञ्चनरूप नगरपालिका–५ पिप्रापूर्व पथरीका श्रीपत खंग खत्वेको घरमा लगेर २०७५ मङसिर ४ गते बलात्कार गरेका थिए ।
पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा मङसिर २८ गते उजुरी दिनु भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरूपले मङसिर २८ गते उजुरी दर्ता गरी सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह स्पतालमा पीडितको स्वास्थ्य परिक्षण गराएको थियो ।
जिल्ला अदालतमा ०७८ मङ्सिर १६ गते हाजिर भएका आरोपित सोही दिनदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
उक्त घटनामा सहयोग गर्ने र कञ्चनरूप नगरपालिका–५ पिप्रापूर्व पथरीस्थित माइत पुर्‍याउने तिरहुत गाउँपालिका–५ की २५ वर्षीया रेखाकुमारी मण्डल फरार रहेकीले उहाँको हकमा मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page