समाचार समाज

कञ्चनरूपमा बोलेरो र स्कारपियो एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु, १२ घाइते

कञ्चनरुप,१६ फागुन । सप्तरीमा बोलेरो र स्कारपियो एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बिहेको घोडा बोकेको प्र २–०२–००१ च ०७४६ नम्बरको बोलेरो पिकअप र यात्री बोकेको बा.१८ च ६६१७ नम्बरको स्कारपियो कञ्चनरुप नगरपालिकामा मङ्गलबार बिहान एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
कञ्चनरुप नगरपालिका–९ बिष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा एकापसमा ठोक्किएको घोडा बोकेको बोलेरो पूर्वबाट पश्चिम र स्कारपियो पश्चिमबाट पूर्वतर्फ जाँदै थियो। मृत्यु हुने सुनसरीको दुहबी नगरपालिका–३ का संजय चौधरीको श्रीमती ४० वर्षीया राजकुमारी चौधरी र सोही उमेरका हरेराम साह स्कारपियोमा सवार रहेको सप्तरीका एसपी नरेन्द्र कार्कीले बताउनुभयो ।
बोलेरो पिकअपमा रहेका दुई ओटा घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिदा तत्कालै मृत्यु भएको छ। दुवै गाडीमा सवार १२ जना घाइते भएकोमा कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page