समाचार समाज

डिजेल चोरी मुद्दामा पक्राउ परेका भुजेल कारागार चलान

सप्तरी । सप्तरी जिल्ला अदालतले डिजेल चोरी मुद्दामा पक्राउ परेका एक युवकलाई कारागार चलान गरेको छ ।
जिल्ला अदालतले कञ्चनरुप नगरपालिका–९ वस्ने २९ वर्षीय नवराज भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
भुजेलले माघ ११ गते सप्तरीको कञ्चनरुप नगरपालिका ९ बाट को १ ख ३६५५ नम्बरको डिजेल लोड गरिएको ट्याङकर चोरी गरि १६ हजार लिटर डिजल चोरी गरि विक्री गरेका थिए ।
यस्तै चोरीको डिजल खरीद गर्ने खडक ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह ५ लाख तथा ट्याङकर चालक कञ्चनरुप ९ का ४५ वर्षिय बिनोद कुमार भुजेल १ लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले माघ १६ गते उनीहरुलाई नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षक अन्तर्गत मुद्दा चलाएको थियो ।
नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोबाट को १ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय विराटनगर पठाएकोमा बाटोबाटै ट्यांकर चोरी भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page