समाचार समाज

मनकामना बहुमुखी सहकारीको २८ लाख रकम एक कर्मचारीले चलाइ मासेको आरोप

कञ्चनरुप । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरस्थित रहेको मनकामना बहुमुखी सहकारी संस्थाको २८ लाख रकम एक कर्मचारीले चलाइ मासेको आरोप लागेको छ ।
सहकारीको दुग्ध संकलक कर्मचारी पूर्ण प्रसाद धमलाले २८ लाख २३ हजार चार सय २४ रुपैया ३३ पैसा रकम चलाइ मासेको र संस्थालाई बुझाउनु पर्ने रकम नबुझाएको सहकारीले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
२०७० सालदेखि पटक पटक कर्मचारीको हैसियतले लिएको ऋण, तसामिको सिलसिलामा तिर्नुपर्ने रकम, चोकर बिक्रि, दुग्ध बिक्री तथा अन्य सामान बिक्री बापतको बुझाउनुपर्ने रकम उनले नबुझाएको सहकारीले बिज्ञप्तीमा उल्लेख गरेको छ । उल्टै संस्थाको विरुद्धमा सप्तकोसी नगरपालिकाको न्यायिक समितीमा मुद्दा हालेको र न्यायिक समितिमा दुबै पक्ष बिच छलफल हुँदा धमालाले उक्त रकम तिर्नु पर्ने देखिएको हुँदा २ महिना भित्र रकम बुझाउने सहमति गरेको भएता पनि सहमति बमोजिम रकम नबुझाइ सामाजिक संजालमा संस्थाले जबर्जस्ति पैसा मासेको भन्ने कागज गराएको भन्दै संस्थाको बदनाम गर्दै हिडेको प्रति संस्थाको ध्यानाकर्षण भएको बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
पुर्ण प्रसाद धमला आफुले चलाइ मासेको रकम संस्थामा बुझाउने पटकपटक बाखा राखे पनि पैसा जम्मा गर्नुको सट्टामा उल्टै संस्थाका ब्याबस्थापक र सहायक ब्याबस्थापकको नाम जोडेर आत्महत्या गर्ने तेसको जिम्मा लिनु ब्याबस्थापक र सहायक ब्याबस्थापकले लिनु पर्ने भन्दै सामाजिक संजालमा लेखेको र त्यसको जिम्मेवारी संस्थाले नलिने बिज्ञप्तीमा उल्लेख गरिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page