समाचार समाज

सप्तरीमा भारतीय नम्बरको कारले ठक्कर दिंदा अपरिचित एक व्यक्तिको मृत्यु

राजविराज । सप्तरीमा भारतीय नम्बरको कारले ठक्कर दिंदा अपरिचित एक व्यक्तिको मृत्यु भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार मध्यराति भारतीय नम्बरको कारले ठक्कर दिंदा नाम नखुलेका अपरिचित एक व्यक्तिको मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीजे १०–बिजी–८१३३ नम्बरको कारले अन्दाजी ३५ वर्षीय पुरुष पैदल यात्रीलाई ठक्कर दिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करले घाइते भइ उपचारको लागि स्थानीय भारदह अस्पताल लगिएकोमा उपचारको क्रम्मा उनको मृत्यु भएको हो।
प्रहरीले ठक्कर दिने कार र कार चालक भारत सुपौल जिल्ला भिमनगरका ४९ वर्षीय राहुल सिंहलाई नियन्त्रणमा लिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page