समाचार समाज

१४ वर्षीया बालिका अपहरण घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सप्तरी । सप्तरीमा १४ वर्षीया बालिका अपहरण घटनाका आरोपितविरुद्ध उजुरी दर्ता भएको छ ।
१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा विष्णपुर गाउँपालिका–६ रञ्जितपुर टोलका २२ वर्षीय मनोजकुमार राम, उनका दाजु २५ वर्षीय रुपेशकुमार राम, उनीहरूका बुबा ५५ वर्षीय जितु राम र जितुका भतिजा २५ वर्षीय रञ्जयकुमार रामविरुद्ध फागुन १४ गते प्रहरीले उजुरी दर्ता गरेको हो ।
उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेश पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको हो । आरोपितहरू हालसम्म फरार रहेकोले जिल्ला अदालतबाट फागुन १४ गते पक्राउ पुर्जी समेत जारी गरिएको अदालतले जनाएको छ ।
राजविराज नगरपालिका–८ मा बसेर पढिरहेकी बालिकालाई ललाई फकाई मनोजले अन्य आरोपितहरूको सहयोगमा ०७९ मङ्सिर २२ गते साँझ अपहरण गरेको पीडितका बुबाले बताएका छन । आरोपितहरू कोही पनि गिरफ्तार भएका छैनन् ।
आरोपित मनोज र पीडित भनिएकी बालिका सम्पर्कमा नरहेको मनोजका ठूलो बुबा शिबु हरिजनले बताए । हरिजनका अनुसार मनोज र बालिका ०७९ कात्तिक २३ गते पनि सहमतिमा घरबाट भागेकोमा फेला पारी कात्तिक २७ गते विष्णुपुर गाउँपालिका–६ का वडाअध्यक्ष परमानन्द यादवको रोहवरमा अभिभावकको जिम्मा लगाइएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page