समाचार समाज

सप्तरीमा ६ जना सवार अटो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

सप्तरी, फागुन २४ गते । सप्तरीमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
ना ३ स ९६३० नम्बरको अटो बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिका १ जमुनी स्थितमा दुर्घटना हुँदा खडक नगरपालिका ८ बिसनपुर बस्ने ४० वर्षीया आमना खातुनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
खातुनको शरीरको विभिन्न भागमा चोट लागी बेहोस भएकोमा उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शव सोही अस्पतालको शव गृहमा सुरक्षित राखिएको छ ।
अर्का घाइते भएका बिष्णुपुर गाउँपालिका ६ कट्टी टोल बस्ने ५५ वर्षीय लक्ष्मि रामको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटोमा ६ जना सवार सुरक्षीत रहेको तथा अटो र अटो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page