समाचार समाज

सप्तरी : २५ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा मुखियालाई ७ वर्ष कैद सजाय

राजविराज । सप्तरीमा २५ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा एक व्यक्तिलाई ७ वर्ष कैद सजाय भएको छ ।
महिलालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई आज मंगलवार ७ वर्ष कैद सजाय भएको हो ।
जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले आरोपितलाई ७ वर्ष कैदका साथै पीडितका लागि ५० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको अदालतले जनाएको छ ।
यसैगरी फौजदारी कसूर राहत पीडित कोषमा १ हजार ३ सय रुपियाँ आरोपितबाट भराउने फैसला समेत भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
आरोपितले ०७६ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७६ असोज ६ गते उजुरी दिनुभएको थियो । पीडितका अनुसार पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले बलात्कार गरे ।
घटनाको तीन महिनापछि आरोपित ०७६ पुस ११ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७६ माघ ६ गते अभियोगपत्र दायर भएकोमा आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page