बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीमा सात फिट लामो दुर्लभ अजिङ्गर फेला

राजविराज, ८ चैत । सप्तरीमा बुधबार दिउँसो सात फिट लामो दुर्लभ अजिङ्गर फेला परेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनिया स्थित योगनी दिनेश आधारभूत विद्यालयमा सात फिट लामो अजिंगर फेला परेको हो ।
फेला परेको अजिंगरलाई इलाका प्रहरी कार्यालय हनुमाननगर ल्याइएको छ। राजविराजस्थित डिभिजन वन कार्यालय सँग समन्वय गरेर फेला परेको अजिंगरलाई आरक्षको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अजिंगरहरु आसपासको जंगल, कोशी टप्पु वन्य जन्तु आरक्ष र सप्तकोशी नदी हुँदै बगेर सप्तरीको हनुमाननगर कंकालिनी, कञ्चनरुप र सप्तकोशी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रमा प्रत्येक वर्ष आउने गरेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page