राजनीति समाचार

मविब क्याम्पस राजविराजको स्ववियु सभापतिमा संयुक्त गठबन्धनका रंजित कुमार निर्वाचित

राजविराज, ९ चैत । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्ववियु सभापतिमा संयुक्त विद्यार्थी गठबन्धनका उम्मेदवार समाजवादी विद्यार्थी युनियनका रंजित कुमार यादव निर्वाचित हुनुभएको छ ।
यादवले नेतृत्व गरेको संयुक्त प्यानल सबै पदमा निर्वाचित भएको छ । यादव ४२३ मतका साथ स्ववियु सभापति चुनिनु भएको हो । त्यस्तै निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका रन्जित कुमार साहले १९९ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा पनि संयुक्त प्यानलकै सुनिल कुमार मण्डल ४११ मतका साथ विजयी हुँनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सत्यनारायण चौधरीले १६७ मत पाउनुभएको छ ।

यस्तै कोषाध्यक्षमा मेनुका साहले ३१९ मत प्राप्त गरि विजय हुनु भएको छ भने निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनिषा कुमारी साहले २११ मत पाउनुभयो ।
सदस्यहरूमा पनि संयुक्त प्यानलका बिनय यादव, मो जकाउल्लाह, रामानन्द राम, प्रकाश यादब, कंचन ठाकुर, नन्दन मण्डल र राकेश यादब निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रामअशिष यादवले जानकारी दिनुभयो ।
समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी तथा लोकतान्त्रिक विद्यार्थी संगठन संयुक्त गठबन्धन गरेका थिए ।
समानुपातिकतर्फ भने समाजवादी विद्यार्थी युनियनले २९३ मत ल्याएको छ भने अखिल क्रान्तिकारी १३७, नेवि संघले १४४ र अनेरास्ववियुले ११४ मत ल्याएको छ । लोकतान्त्रिक विद्यार्थी संघले ५२, अनेरास्ववियु समाजवादीले ४८ मत प्राप्त गरेका छन् ।
क्याम्पसमा कुल १ हजार ९ सय १५ मतदाता मध्ये ८३० मत खसेकोमा ४२ वटा मत बदर भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page