बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा १७ वर्षीया विद्यार्थीको गर्भपतन गराउने प्रधानाध्यापकलाई साढे दुई वर्ष कैद सजाय

राजविराज । सप्तरीमा १७ वर्षीया बालिकालाई गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा एक पुरुषलाई साढे दुई वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले रूपनी गाउँपालिका–२ का ३८ वर्षीय गजेन्द्रप्रसाद साहलाई सोमबार साढे दुई वर्ष कैद सजाय फैसला गरेको हो ।
आरोपितलाई गर्भपतन गराएको कसुरमा २ वर्ष तथा कसुरको प्रमाण दबाएको र सूचना दिनेलाई अवरोध गरेकोमा ६ महिना गरी साढे दुई वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।
यसैगरी कसुर ठहर भएका आरोपितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने, १३ हजार रुपियाँ जरिवाना तिराउने र फौजदारी कसुर पीडित राहत कोषमा ४ सय रुपियाँ जम्मा गराउने फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

आरोपित गजेन्द्र रूपनी गाउँपालिका–२ स्थित बीएस (बलदेव साह) मेमोरियल बोर्डिङ स्कुलका प्रधानाध्यापक र उनकाभाई वीरेन्द्र सहायक प्रधानाध्यापकका रूपमा कार्यरत थिए ।
आरोपित गजेन्द्र यस अघि ०७८ साउन ३ गते जिल्ला अदालतको आदेशमा ४ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । विद्यालयमा अध्ययनरत बालिकालाई प्रधानाध्यापक गजेन्द्रका भाई २५ वर्षीय वीरेन्द्रप्रसाद साहले विभिन्न प्रलोभन तथा डरत्रास देखाई बलात्कार गरेर गर्भवती बनाएका थिए।
पीडितलाई आरोपितका भाइ २५ वर्षीय वीरेन्द्रप्रसाद साहले विभिन्न प्रलोभन तथा डरत्रास देखाई बलात्कार गरेर गर्भवती बनाएका थिए । गजेन्द्र, उनका भाई वीरेन्द र वीरेन्द्रका ससुरा भारत बिहार राज्य सुपौल जिल्ला सोनापुर ग्रामपोष्टका हेमनारायण साह (हलुवाई) ले भारतको दरभङ्गा लगेर आठ महिनाको गर्भपतन गराएको भन्दै पीडितका हजुरबुबाले जिल्ला प्रहरी कार्यालयमा ०७७ फागुन १३ गते उजुरी दिएका थिए ।
नेपालका चिकित्सकहरूले आठ महिनाको गर्भपतन गर्ने जोखिम नलिए पछि आरोपितहरूले भारत गई गर्भपतन गराएका थिए । आरोपितहरू विरुद्ध ०७७ फागुन १७ गते जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७७ फागुन १३ गते गरिएको थियो ।
वीरेन्द्रले विद्यालय शुल्क मिन्हा गरिदिने प्रलोभन र परीक्षामा अनुत्तिर्ण गर्ने धम्की दिई कक्षा कोठामा पटकपटक र पछिल्लो पटक ०७६ चैत २७ गते बलात्कार गरी गर्भवती बनाएको आरोप छ ।
सप्तरी जिल्ला अदालतमा ०७७ चैत १५ गते अभियोगपत्र दायर भएको थियो । आरोपितहरू वीरेन्द्र र उनका ससुरा हेमनारायण फरार रहेका छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page