काठमाडौं । संस्कृतिविद् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ।
शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उहाँको निधन भएको भएको हो।
मुटुमा समस्या देखिएपछि उहाँलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ।
आठ महिना अघि मात्र संस्कृतिविद् सत्यमोहनको १०४ वर्षको उमेरमा निधन भएको थियो।
शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवीको १०० वर्षको उमेरमा निधन













Add Comment