चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतसहित विजयी भएका छन्।
मंगलबार सार्वजनिक अन्तिम परिणाम अनुसार लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन्।
दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याएका छन्। रवि र जीतबीचको मतान्तर नै ४३ हजार ६१ रहेको छ।
तेस्रो नम्बरमा समेटिएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत ल्याएका छन्।
चितवन- २ मा रवि लामिछाने ४३ हजार मतान्तरले विजयी













Add Comment