इलाम । इलाममा माटोको ढिस्कोले पुरिएर चार जना भारतीय श्रमिकको मृत्यु भएको छ। सूर्योदय नगरपालिका वडा नम्बर १० मा घर बनाउने क्रममा शुक्रबार अपराह्न चार जनाको मृत्यु भएको हो।
स्थानीय विनोद श्रेष्ठको घर निर्माणका क्रममा जग खन्ने क्रममा माटोको ढिस्को खस्दा भारतको बिहारका १९ वर्षीय मैजफर आलम, १८ वर्षीय तोसिब आलम, मो. अब्दुल आलम, र अलिम महिम आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । ज्यान गुमाउने चारै जना बिहारको किसनगञ्ज जिल्लाका हुन्।
प्रहरीका अनुसार माटो खस्दा अन्य तीन जनाले भागेर ज्यान जोगाएका थिए। ज्यान गुमाएकाहरुको शव फिक्कल अस्पतालमा राखिएको जनाईएको छ।















Add Comment