समाचार

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

संखुवासभा । संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । भोटखोला-४ सिप्रुङको जिजिङ्खामा माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हटिया गोलाको छोङग्राङबाट अप्पर अरुण जलविद्युत आयोजना १०६१ मेगावाटको सामग्री बोकेर उडेको हेलिकोप्टर सिप्ररुङको हम्मरे डाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
सिम्रिक एयरको हेलिकोप्टरले सामान ढुवानी गरिरहेको थियो । भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामन लानेक्रममा हेलि दुर्घटना भएको छ ।

दुर्घटना परेको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार बिहानैदेखि सम्पर्क बिहिन भएको बुझिएको छ।  
सिमृक हेलिमा ५ जना गम्भीर घाइते हुनुभएका साथिहरुको बिबरण
१. पाइलट
२. को पाइलट
३. हेलिको टिम सदस्य छिरिङ भोटे (चेपुवा)
४. स्थानिय भबिन गुरुङ
५. सुरेन्द्र पौडेल
उहाहरुलाई नेपाल आर्मिको हेलिबाट उपचारको लागि काठमाडौ लानको लागि तयारी हुँदै छ ।
तस्विरः वाङ भोटे (स्रोत सामाजिक सञ्जाल)

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page