समाचार समाज

फत्तेपुरमा पानीमा डुबेर ६ वर्षका बालकको मृत्यु

कञ्चनरुप, १८ जेठ । सप्तरीमा पानीमा डुबेर बिहीबार ६ वर्षका बालकको मृत्यु भएको छ।
जिल्लाको सप्तकोशी नगरपालिका -८ ओद्राहाका जितु सदाको छोरा रितेस सदाको पानीमा डुबेर मृत्यु भएको हो।
घर नजिकैको मयुरनी नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेनले जानकारी दिए ।
अत्यधिक गर्मी लागेर बिहीवार दिउँसो ३ बजे बालक नुहाउने क्रममा डुबेका थिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page