बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

कञ्चनरुपमा किशोरीमाथि सामूहिक बलात्कार, कैलाश पोखरेलसहित चार जना पक्राउ

कञ्चनरुप, २ साउन । सप्तरीको कञ्चनरुपमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा आज प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आज चार जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार नाबालिकामाथि सामूहिक बलात्कार गर्ने योजनाकार कैलाश पोखरेलसहित घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरिएको हो ।
कैलाशले नै सुदीप, मनोज र दीपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयान दिएको प्रहरीले जनाएको छ ।
असार २९ गते शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर कैलाशको निर्देशनमा पालै–पालो बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनापछि ती किशोरीले परिवारलाई सुनाएपछि परिवारले साउन १ गते किटानी जाहेरी दिएका थिए। पीडितको जाहेरीको आधारमा चारै जनालाई नियन्त्रणमा लिई उनीहरु विरुद्द “जवरजस्ती करणी सम्वन्धी कसुर” मा अनुसन्धान प्रकृया शुरु गरी म्याद थपका लागी सम्मानित सप्तरी जिल्ला अदालत तर्फ पठाईएको डिएसपी रायले बताउनु भयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page