बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा भान्सामा झुन्डिएको अवस्थामा फेला पर्‍यो एक महिलाको शव

कञ्चनरुप, ९ श्रावण । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा मंगलबार एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ इटहर्वाका नागेश्वर मण्डलकी २० वर्षीया श्रीमती आरती कुमारी शर्मा मण्डलको झुण्डिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
उनको शव मंगलबार बिहान ५ बजे आफ्नै भान्सा कोठाको बलोमा सारीको पासो घाँटीमा लागाई झुन्डिएको अवस्थामा फेला परेको हो ।
शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ भने घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार नागेश्वर दिदीको घर पाहुना गएको बेला आरतीले झुन्डिएर आत्माहत्या गरेको हो ।
नागेश्वर र आरतीको दुई महिना अगाडिमात्र विबाह भएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page