आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

सप्तरीमा हत्या भएको अवस्थामा एक युवकको शव फेला

कञ्चनरुप, १२ साउन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरमा आज विहान हत्या भएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १० ईनर्वाका २२ वर्षीय तिर्थनारायण मण्डलको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
विहान ६ बजे पैनीको हिलैहिलोमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी टोलि खटी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट युवकको हत्या गरि फालिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page