समाचार

सप्तकोशी नदीमा पानीको बहाव २ लाख ९३४५ क्यूसेक पुग्यो, खतराको संकेत रातो बत्ती बालियो

कञ्चनरुप, २३ साउन । सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च पुगेको छ ।
मंगलबार राति १०ः३० बजे गरिएको मापन अनुसार २ लाख ९ हजार ३४५ प्रतिसेकेन्ड क्यूसेक पानीको बहाव रहेको छ । पानीको बहाव बढ्दो रहेकोले ब्यारेजमा ५६ ढोकामध्ये अहिले २६ वटा ढोका खुल्ला गरिएको कोशी ब्यारेज प्रशासनले जनाएको छ ।
ब्यारेज प्रशासनले निरन्तरको वर्षाले पानीको बहाव अझैं बढ्ने जनाएको छ । ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page