कञ्चनरुप, २३ श्रावण । सप्तरीमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका –६ स्थित पूर्वपश्चिम राजमार्ग देखि सात सय मिटर दक्षिणतर्फ राई खोलाको किनारमा मंगलबार एक महिलाको शव फेला परेको हो ।
अग्नीसाईर कृष्णासवरण–५ धिमार टोलकी २२ वर्षीया कविता सदाको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाईएको प्रहरीले जनाएको छ ।
मानसिक रोगी रहेकी सदा गत शनिबारदेखि घरबाट बेपत्ता भएकी थिईन ।

















Add Comment