कञ्चनरुप, १३ असोज । सप्तरीमा एक ब्यक्तिको शव बोरामा पोको पारेर पोखरीमा फालेको अवस्थामा फेला परेको छ।
जिल्लाको खडक नगरपालिका ११ स्थित बनौलीमा शनिबार बोरामा राखेर पोखरीमा फालिएको अवस्थामा अन्दाजी २२ वर्षका युवकको शव भेटिएको हो ।
सडेगलेको अवस्थामा शरीरको आधा भाग भेटिएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताउनु भयो ।
मृत युवकको पहिचान हुन नसकेको तथा शवको अन्य भाग खोज्न पोखरी सुकाउन पानी फ्याकिरहेको प्रहरीका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
कसैले हत्या गरी बोरामा हालेर पोखरीमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीले शंकास्पद ४÷५ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । तर, यसको विस्तृत जानकारी दिएको छैन ।
सप्तरीमा बोरामा पोको पारेर पोखरीमा फालेको अवस्थामा एक युवकको शव फेला











Add Comment