राजनीति

एमाले मधेश प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत चयन

सप्तरी, २६ असोज । नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चन्देश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन । मण्डल सिराहा जिल्लाका अध्यक्ष हुन ।
उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् । अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।
जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page