खेलकुद

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई हराउँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा पुगेको छ ।
मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएको विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टोलीलाई १–० ले हराउँदै समग्रमा २–१ को जित निकालेर नेपाल दोस्रो चरणमा पुगेको हो ।
नेपालको जितमा मनिष डाँगीले गोल गरे । मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे । खेलको इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे ।
गएको बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएको खेलमा नेपाल लाओससँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
नेपालले अब दोस्रो चरण अन्तर्गत समूह एचमा युएइ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page