राजनीति

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, १२ सदस्यीय सचिवालय (सूचिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ।
महोत्तरीमा बसेको बैठकले वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो।
रास्वपाले १२ सदस्यीय सचिवालय समेत बनाएको छ । सभापति रवि लामिछानेको नेतृत्वमा बनेको सचिवालयमा थपिएकासहित सबै पदाधिकारी राखिएको छ ।
रास्वपाले सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ ।
सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ । त्यस्तै सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई नियुक्त गरिएको रास्वपाले जनाएको छ।
यस्तो छ रास्वपाको सचिवालय :
१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा
थपिए पाँच केन्द्रीय सदस्य :
पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गाैतम, नन्दन यादव, पुकार बम र कामिनी चाैधरी छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page