धर्म संस्कृति समाचार

विविध कार्यक्रम गरी आज गुरु नानक जयन्ती मनाइँदै

काठमाडौँ। शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको आज जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।
उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरे। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराए।
शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए ।
निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्दथ्ये ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page