राजनीति समाचार

जनमत पार्टीका अध्यक्ष डा. राउतसहित पक्राउ परेकाको रिहाइको माग गर्दै सप्तरीमा प्रदर्शन

कञ्चनरुप, १६ पुस । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित काठमाडौमा पक्राउ परेका नेताहरुको रिहाइको माग गर्दै सप्तरीको विभिन्न ठाउँमा आज विरोध प्रदर्शन गरिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित कञ्चनपुर, बेरियर बजारमा टायर बालेर जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
त्यस्तै राजविराजको नेता चोक, रुपनी बजारमा टायर बालेर जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

सोमबार धोती दिवस मनाउन भन्दै काठमाडौंको निषेधित क्षेत्र माइतीघर मण्डला पुगेका डा. राउतसहित ६३ जनालाई प्रहरीले पक्राउ गरेको विरुद्धमा पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरि उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
विरोध प्रदर्शनको क्रममा जनमतका नेताकार्यकर्ताले १ सरकारी गाडी तोडफोड गरेका छन् भने विच सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छ्न । उक्त स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जनमतका कार्यकर्ताले ‘धोती दिवस मनाउन दे’ डा. सिके राउतसहितका नेताकार्यकर्ताहरुलाई रिहाई गर , जनमत पार्टी जिन्दावाद लगायतका नारा लगाउँदै घण्टौ सडक अवरुद्ध गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page