कोशी प्रदेश

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा लत्ता कपडा तथा स्टेनशरी सामान बितरण

बिराटनगर, २६ मंसिर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको छ ।
संघले मंगलबार बिराटनगर महानगरपालिका १२ दरैया स्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको हो ।
प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान बितरण गरीएको छ ।

उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोला, संघका पदाधिकारीहरु, वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page