बाग्मती प्रदेश समाचार

क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

काठमाडौं, ७ पुस । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ।
हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ । राक्सिराङले क्रिसमसको अघिल्लो दिन र भोलिपल्ट पनि बिदा दिएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page