मधेस प्रदेश समाचार

लागु औषधसहित सप्तरीमा दुई जना पक्राउ

साँकेतिक तस्बिर

कञ्चनरुप, ११ पुष । सप्तरीमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका १० डङ्ग्राहीका २६ वर्षीय सुनिल मण्डल र राजगढ गाउँपालिका १ झुट्कीका ४२ वर्षीय रमानन्द यादव रहेका छन् ।
उनीहरुको साथबाट फेनारगन ८४ पिस, डाईजोपम ८४ पिस, टेलजेसिक ८४ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरी र लागूऔषध ब्यूरो शाखा कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलिले राजबिराज ४ स्थित रहेको राहुल गेष्ट हाउसबाट दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page