कञ्चनरुप, १७ पुस । फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाको सन्चालक समितिको अध्यक्षमा प्रेमकुमार दाहाल (पारस) सर्वसहमत चयन भएका छ्न।
सहकारीको सम्पन्न १८ औं बार्षिक साधारण सभाबाट पुरानो कार्यसमितिको ४ बर्षे कार्यकाल समाप्त भएपछि सोमबार संस्थाको नयाँ सन्चालक समिति चयन गरेको हो ।
समितिमा दाहालको अध्यक्षतामा ९ सदस्य संचालक समिति र हरि थापाको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरिएको संस्थाका लेखापाल किरण भट्टराईले जानकारी दिए।
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/01/415102162_122140568204037669_1818462167796132465_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/01/415102162_122140568204037669_1818462167796132465_n-1024x768.jpg)
सहकारीको सन्चालक समितिको उपाध्यक्षमा अशोक गुप्ता, जिल्ला प्रतिनिधिमा तुलाराम लुइटेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कालुराम विष्ट, भिम फुँयाल ,चिन्तामणी ढकाल ,लिला थापा ,सर्मिला खड्का र गोमा खड्का रहेका छन् भने लेखा समितिको सदस्यहरुमा प्रतिमा श्रेष्ठ र उमेश खड्का चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल ४ वर्ष रहने छ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment