राजनीति

राष्ट्रिय युवा संघ नेपालको राजविराज नगर कमिटी गठन, अध्यक्षमा नविन दास

कञ्चनरुप, ५ फागुन । सप्तरीको राजविराज नगरपालिकामा नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल राजविराज नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नविन दासको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षहरुमा अञ्जली यादव, फैजल खान र धिरेन्द्रकुमार खंग, सचिवमा रितेश साह, सहसचिवद्वयमा राजु यादव र श्रवण यादव तथा कोषाध्यक्षमा प्रदिप यादव रहेका छन् ।
नेकपा (एमाले) सप्तरी जिल्ला पार्टी कार्यालयको प्राङ्गणमा सम्पन्न नगर अधिवेशनलाई कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य प्याकुरेलले समाज र देश बनाउन युवा शक्तिको खाँचो परे झै पार्टी बलियो बनाउनुमा पनि युवाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
वर्तमान सरकार अधिनायकवादी ढंगले अघि बढेको आरोप लगाउँदै प्याकुरेलले संघीय गणतन्त्रलाई सुदृढ गर्दै मुलुकबाट सामन्तवादको समूल अन्त र समाजवाद उन्मुख गर्न युवाहरु संगठित हुन जरुरी रहेको बताउनु भयो । बेथिती र भ्रष्टाचारका विरुद्ध सडकमा उत्रनुपर्ने अवस्थाका कारण एमालेलाई सबल र सुदृढ गर्नेतिर युवाहरु लाग्नुपर्ने उहाँले बताउनु भयो ।
एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीले अन्य पार्टीहरुले मोर्चाबन्दी गरे पनि नेकपा एमाले झनझन् बलियो हुँदै गएको बताउनु भयो । प्रतिपक्षमा रहेर पनि विचारले मुलुकको नेतृत्व गरिरहेको एमालेको संगठन शक्तिदेखी डराएर अन्य पार्टीले मोर्चाबन्दी कायम राख्नु परेको भन्नुहुँदै चौधरीले जति मोर्चाबन्दी गरे पनि एमालेसँग प्रतिस्पर्धा गर्ने सामथ्र्य कसैसँग नरहेको बताउनु भयो ।

उद्घाटन समरोहलाई एमाले जिल्ला उपसचिव अखिलेश झा, एमाले नगर कमिटी अध्यक्ष रन्जन झा, राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य जीवन श्रेष्ठ (मनिष) ले युवा संघमा क्रियाशील भएर लाग्नु पर्ने भएकाले चुस्त दुरुस्त भएर लाग्न अनुरोध गर्नुभयो ।
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष चितरञ्जन यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा संघ मधेस प्रदेश सदस्य जियावुल रहमान र स्वागत सरोज रानाले गर्नुभयो ।

   

You cannot copy content of this page