राजनीति समाचार

राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुपको अध्यक्षमा पुन जैनुदिन मियाँ सर्वसम्मत चयन

कञ्चनरुप । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको तेस्रो कञ्चनरूप नगर अधिबेशन शनिबार सम्पन्न भएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ स्थित फुलबारी पार्टी प्यालेस रुपनगरमा शनिबार सम्पन्न राष्ट्रिय युवा संघ नेपालको तेस्रो नगर अधिबेशनबाट जैनुद्दिन मियाको अध्यक्षतामा १७ सदस्य कञ्चनरूप नगर कमिटी सर्बसहमत गठन भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल कञ्चनरूप नगर कमिटी अध्यक्ष जैनुद्दिन मियाको अध्यक्षता तथा नेकपा एमाले पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न नगर अधिबेशनले कञ्चनरूप नगर कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा अजय पासवान ,सचिवमा इनरदेव सिंह , सह सचीवमा सुजता कटुवाल रहेका छन् ।
नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य केवल खत्रीले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेलले युवाहरुले बिकृति बिसङ्गतिको अन्त्य गर्दै रास्ट्र निर्माणमा लाग्नु पर्ने बताए । युवाहरु समाजका हरेक गतिविधिमा सक्रिय रुपमा लागि कुलतमा फसेका युवाहरुलाई सहि मार्गमा ल्याउन प्रेरणादायी भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
मिसन २०८४ लाई सफल बनाउन युवाहरुको महत्वपूर्ण भुमिका रहने भएकाले आजैका मितिदेखि पाटिको संगठनलाई मजबुत बनाएर अगाडि बढन निर्देशन दिए ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य हरिहर बस्नेत, रास्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य केवल खत्री ,मधेस प्रदेश सदस्य शैलेश यादव लगायतको उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा नेपाली काङ्ग्रेस लगायतका पार्टीका २७ जना युवाहरू पार्टी प्रवेश गरेको अध्यक्ष जैनुदिन मियाँले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page