राजनीति

सप्तरीको राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

राजविराज, २१ फागुन । सप्तरीको राजविराजमा सोमबार सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । सहिद तथा बेपत्ता परिवार ,समाज सप्तरीद्वारा आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान गरिएको हो ।
समाजकी जिल्ला अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवको प्रमुख आतिथ्यमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।
१० वर्षे महान जनयुद्घको रापतापको समयमा तत्कालिन शाही सत्ताद्वारा हत्या तथा बेपक्ता गरेका सप्तरीका गोबिन्द चौधरी, उमेश यादव, इन्द्रदेव विश्वास,रेखा कुमारी रसाइली, सरिता कुमारी साह, रमेश राम, बिजली यादव, रामु मुखिया, राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा बेपत्ता परिवारहरुलाई आयोजकले जनाएको छ ।
पूर्व मन्त्री यादव, माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदा ,पूर्व प्रदेश सदस्यद्वय छेदी रजक, भागवत यादव ,बेचन चौधरी ,छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष राजो देवी यादव ,प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर मधेस प्रदेस अध्यक्ष किरण कर्ण ,महासचिव गोपाल गुप्ता ,करम लाल यादव ,डोमन ,राजु यादव, वडाध्यक्ष जयनारायण मण्डल ,वडाध्यक्ष गङ्गा खङ्ग, लगायतका नेताहरुले सहिद परिवारका सदस्यहरुलाई सम्मान गर्नु भयो ।

सोही अवसरमा पार्टीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि यादवले मुलुकमा १० वर्षे महान जनयुद्ध र जनआन्दोलनको जगमा मुलुकमा भएको विभिन्न आन्दोलनको रापतापको कारण संघिय लोकतान्त्रिक गणतन्त्र आएको बताउनु भयो । सधैं सत्ताको वरीपरी रमाउनेहरु अहिले विभिन्न रुपमा सलवगाउन खोजेको बताउनु भयो । पार्टीको अस्तित्व रक्षाको लागी सवैले आफ्नो कमी कमजोरीलाई छोडेर एकतावद्ध भएर अगाडी वढेमा जिल्लामा लाल झण्डा फहराउने उदधोष गर्नु भयो । यसमा पार्टीका नेता,कार्यकर्ताको साथै सहिद तथा बेपत्ता परिवारको साथ सहयोगको आवश्यकक्ता रहेको बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय बैकल्पिक सदस्य असर्फी सदा ,पूर्व प्रदेश सदस्यद्वय छेदी रजक,भागवत यादव ,बेचन चौधरी ,छिन्नमस्ता गापाका उपाध्यक्ष राजो देवी यादव ,प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर मधेस प्रदेस अध्यक्ष किरण कर्ण ,वडाध्यक्ष जयनारायण, सुखदेव साह, केदार देव, राज राम लगायतकाले १० वर्षे जनयुद्ध र पञ्चायतको समयमा देशका लागि जीवन समर्पण गर्ने शहीदको बारेमा चर्चा गर्नुभएको थियो ।

   

You cannot copy content of this page