राजनीति

एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी चयन

रौतहट, २८ फागुन । नेकपा एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी चयन हुनुभएको छ । प्रदेश कमिटीको आइतबार बसेको बैठकले भण्डारीलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
भण्डारी प्रदेश कमिटीको उपसचिव हुनुहुन्छ ।
यस्तै सङ्गठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादब, जनसङ्गठन समन्वय सम्यन्त्र प्रमुखमा मनोज पौडेल, आर्थिक विभाग प्रमुख महम्द कैस, पार्टी स्कुल बिभागमा शन्कर महत्तो र सहकारि तथा गरिबी निवारण बिभागमा अम्विका चौलागाइलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र केन्द्रीय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराइको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रमको सहजिकरण सचिब मनोज पौडेलले गर्नु भएको थियो ।

कार्यक्रममा पोलिटब्युरो सदस्यहरु सुमनराज प्याकुरेल, पुरुषोत्तम पौडेल, रामदयाल मण्डल लिलानाथ श्रेष्ठ,अच्युत मैनाली,जुली महत्तो र मञ्जु चौधरीको विशेष उपस्थिति रहेको थियो।

   

You cannot copy content of this page