बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा डिजे बोकेको ट्याक्टरले ठक्कर दिँदा दुई जना ट्राफिक प्रहरी घाइते

कञ्चनरुप, २२ फागुन । सप्तरीमा सोमबार राती डिजे बोकेको ट्याक्टरले ठक्कर दिँदा दुई जना ट्राफिक प्रहरी घाइते भएका छन् । दुर्घटनामा ट्राफिक प्रहरी सुमन राउत र दिनेश ठाकुर घाइते भएका हुन् ।
सप्तरीको खडक नगरपालिका ११ स्थित बनौली टोलमा डि जे लिएर गइरहेको च १ त ५६६७ नम्बरको ट्याक्टरलाई चेकजाँच गर्न खोज्दा उक्त ट्याक्टर चालकले नरोकी भागेपछि पछाडिबाट घेर्ने क्रममा ट्याक्टरले ट्राफिक प्रहरी सवार स ११ प १५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबै जनाको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारकाका लागि राजविराज लगिएको स्थानीयले बताएका छन् ।
ट्याक्टर चालक अहिले फरार रहेका छन भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page