कोशी प्रदेश समाचार

सुनसरीबाट लागूऔषध सहित २ जना पक्राउ

साँकेतिक तस्बिर

बिराटनगर, ५ चैत्र । सुनसरीबाट लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का २० वर्षीय रोहन राई र बराहक्षेत्र २० का समिर दर्जी रहेका छन् ।
आइतबार साँझ सँवा ६ बजे बराहक्षेत्र नगरपालिका ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकल यात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक राई र सोही साइकलमा पछाडी सवार दर्जीलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page