मधेस प्रदेश समाचार

सप्तरीमा डिजे बजाउन प्रतिबन्ध, बजाएको पाइएमा प्रहरीले कारवाही गर्ने

कञ्चनरुप । सप्तरी प्रहरीले चर्को आवाजमा डिजे नबजाउन आग्रह गरेको छ । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको हो । जनस्तरबाट गुनासो आएपछि डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
डिजे साउण्ड सिस्टम चर्को स्वरमा संचालन गरिदा ध्वनी प्रदुषण, मानसिक समस्यामा वृद्धी, गर्भवति महिलाहरूमा गर्भ खेर जान सक्ने समस्या, ध्वनी प्रदुषणबाट बालवालिकाहरूमा रातिको समयमा बेचैन र अनिद्रा हुने, मुटु रोगिहरूमा समस्या, कान सुन्न सक्ने क्षमतामा कमी आउने र वृद्ध वृद्धाहरूको स्वास्थ्यमा समस्या देखिने, अनावश्यक अभद्र र उच्छृंखल गित संगितले समाजिक सदभावमा खलल पुग्ने, अस्पतालमा भएका विरामीहरू र विद्यालयमा पढिरहेका विद्यार्थीहरू समेतमा असर गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न नहुने भन्ने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहर मैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न वा थुपार्न नहुने र सोही दफाको उपदफा (४) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिएसपी न्यौपानेले बताउाुभयो ।
वातावरण संरक्षण ऐन, २०७६ को परिच्छेद ३ को दफा १५ को उपदफा १ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदूषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरित कार्य गर्नेलाई यसै ऐन बमोजिम न्युनतम ५ लाख रुपैया जरिवाना र क्षतिपुर्ति देखि अधिकतम ५० लाख सम्म जरिवाना तथा क्षतिपुर्ती भराउने कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।

   

You cannot copy content of this page