मधेस प्रदेश समाचार

सप्तरीबाट अवैध लागूऔषध सहित तीन जना युवक पक्राउ

कञ्चनरुप । सशस्त्र प्रहरीले सप्तरीबाट अवैध लागूऔषध सहित तीन जना युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ टिकुलियाबाट हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका २४ वर्षीय दिपककुमार मण्डल, १८ वर्षीय राजकुमार मुखिया र २३ वर्षीय आनन्द मुखिया अवैध लागूऔषध सहित पक्राउ परेका हुन् ।
भारतीय बजार कुनौलीबाट प्रतिबन्धित लागुऔषध ल्याइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा उनीहरुर्ला पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट प्रोमेगाजिन हाईडरोक्लोराईड इन्जेक्सन २४ थान, डाइजापाम इन्जेक्नस २४ थान र लेजिसिक २४ थान बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका छन् ।

   

You cannot copy content of this page