सप्तरी । मधेस प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले बिहीबार सपथ लिएका हुन् ।
माओवादी केन्द्रबाट सो पार्टीका संसदीय दलका नेता भरतप्रसाद साहलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो । यसै गरि माओवादी केन्द्रकै युवराज भट्टराईलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभाका सदस्य बेची लुंगेलीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/04/437931592_7429840817081606_647476946016974634_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2024/04/437931592_7429840817081606_647476946016974634_n.jpg)
त्यसैगरी नेकपा एमालेकी प्रदेश सभाका सदस्य शारदा देवी थापालाई गृह, सञ्चार तथा कानून राज्यमन्त्रीको रुपमा मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।
तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन्।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)