मधेस प्रदेश समाचार

बाराबाट २३० किलो गाँजा सहित युवक पक्राउ

बारा । बारा प्रहरीले २३० किलो लागूऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट, फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ०४ टेग्राहा बस्ने वर्ष २३ को चन्दन पासवान रहेका छन ।
विशेष सूचनाको आधारमा बुधबार मध्यरातमा बाराको पचरौता नगरपालिका ४ इनर्वाबाट इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राइको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा रहेको गाँजासहित चन्दनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
इनर्वास्थित सडकको कल्भर्टमुनि प्लाष्टिकले बेरेर लुकाएर राखिएको अवस्थामा १५ पोका गाँजा प्रहरीले बरामद गरेको हो। सोही स्थानको कलभर्ट मुनि प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको
प्रहरीको टोलीलाई देखेर गाँजा तस्कर चन्दन भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
गाँजासहित पक्राउ परेका चन्दनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

   

You cannot copy content of this page