राजनीति

नेकपा (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनले ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी जेठ १०, ११ र १२ गते हुने अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ । लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिस्टको झण्डा, एकसिंगे गैंडा, हात्ती, चितवनको नक्सा र हिमालको दृश्यलाई समेटिएको छ ।
उक्त लोगोमा नेपाली र अंग्रेजी दुवै भाषामा ११ औँ जिल्ला अधिवेशन १०–१२ जेठ २०८१, नेकपा (एमाले) चितवन लेखिएको छ ।

अधिवेशनका लागि एक महिना अघिदेखि नै तयारी थालिएको हो । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।

   

You cannot copy content of this page