राजनीति

बझाङमा कांग्रेसलाई पराजित गर्दै एमालेका दमन भण्डारी विजयी

बझाङ, १७ वैशाख । बझाङ प्रदेश सभा (१) मा एमालेका दमन भण्डारी विजयी भएका छन् । भण्डारी निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहलाई दुई सय ६७ मतले पछि पार्दै विजयी भएका हुन् ।
भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा सिंहले ११ हजार तीन सय ४६ मत पाएका छन् । माओवादीका जनक बुढा तीन हजार आठ सय ३१ मत ल्याउँदै तेस्रो स्थानमा रहे भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गरेका छन्।
विजयी भएका भण्डारी एमालेका जिल्ला अध्यक्ष हुन् । यता कांग्रेसले गत वर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको थियो ।

   

You cannot copy content of this page