सोमबार, ८ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, ८ मंसिर २०८३
अन्तराष्ट्रिय

विश्वकप लिग–२, नेदरल्याण्डलाई १६ रनले हराउँदै नेपाल विजयी

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको  खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले परािजत  गरेकाे हाे । 

यो श्रृङ्खलामा नेपालले ३ जित र एक हारकाे सुखद नतिजा निकाल्याे ।

टस जितेर पहिले ब्याटीङ गरेको नेपालले २३६ रन बनाएको थियो । जवाफी ब्याटीङमा नेदरल्याड्स २२० रनमै अलआउट हुन पुग्यो । 

नेपालका लागि डेब्यु गरेका खेलाडी नन्दन यादबले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा २९ रन दिएर ३ विकेट लिएका थिए । 

सिरिजका चार खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको हो । स्कटल्याण्डविरुद्धको दोस्रो खेलमा नेपाल २ रनको झिनो अन्तरले पराजित भएको थियो ।

यससँगै लिगको अंकतालिकामा १६ खेलमा पाँचौ जित दर्ता गरेको छ । यद्यपी आठ टिममध्ये नेपाल सातौं स्थानमा छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page