समाचार समाज

विभिन्न किरानाका सामान र मोटरसाइकलसहित १ जना प्रहरी नियन्त्रणमा

कञ्चनरूप, सप्तरी। जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न किराना सामान र एक थान मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान ११ बजेको समयमा अस्थायी प्रहरी पोष्ट तितरीगाछी, सप्तरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका किराना सामानहरू बरामद गरेको हो। 

जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ११ झलही नहरस्थित सडकमा चेकजाँच गर्दा भारतबाट अवैध रूपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइँदै गरेका किराना सामानहरू फेला परेका थिए।

उक्त सामानहरू ओसारपसार गर्न प्रयोग गरिएको को ७ प ३९९६ नम्बरको कालो रङको हुण्डा कम्पनीको युनिकोर्न १२५ सि.सि. को मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं. १६ बोरिया टोल बस्ने ४२ वर्षीय प्रमोद यादव रहेका छन्।

बरामद गरिएका विभिन्न किरानाका सामान र मोटरसाइकलको कुल मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। 

नियन्त्रणमा लिइएका यादव र बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीका लागि असार १२ गते नै राजविराज भन्सार कार्यालय तिलाठी, सप्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो।

   

You cannot copy content of this page