समाचार

सप्तरीमा भारतबाट अवैध रूपमा ल्याइएका सामानसहित युवक पक्राउ

कञ्चनरुप, २३ असार । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामान तथा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले असार २३ गते दिउँसो करिब २ः५० बजे बोदेबर्साइन नगरपालिका–४ स्थित कुशमाहा चोकमा नियमित चेकजाँचका क्रममा स ४ प ५६७२ नम्बरको कालो रङको बजाज डिस्कभर १२५ सीसी मोटरसाइकल रोकेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामान फेला परेपछि मोटरसाइकल चालक बोदेबर्साइन नगरपालिका–१ सहस्राब टोल निवासी २९ वर्षीय फुलगेन्द्र साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका किराना सामान तथा मोटरसाइकलको अनुमानित मूल्य रु. १ लाख ३१ हजार ३ सय रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्ति, मोटरसाइकल र बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि मंगलबार राजविराज भन्सार कार्यालय तिलाठी, सप्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page